Techie IT
बिहीबार, मंसीर ४,२०८३

कपिलवस्तु डुंगा पिङ दुर्घटनामा १४ जना घाइते


कपिलवस्तु । कपिलवस्तु महोत्सवमा दर्शक सवार डुंगा पिङ दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । शुक्रवार साँझ भएको दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दान बहादुर कार्कीले गम्भीर घाइतेको उपचारको लागि बुटवल लगिएको जानकारी दिए ।

गम्भीर घाइते हुनेमा बाणगंगा नगरपालिका– १ का अर्जुन क्षेत्री , सिर्जना थारु र कपिलवस्तु नगरपालिका– ९ की आकृति खनाल रहेका छन् ।

यसैगरी सामान्य घाइते हुनेमा शितगंगा नगरपालिका–२ की मनीषा क्षेत्री, बाणगंगा नगरपालिका– ४ की आशिका बिसी, अञ्चल पुन, बम बहादुर क्षेत्री, वडा नं. ८ का सीमा खत्री, महिमा चौधरी, सिर्जना सुनार, वडा नं. ९ का कृष्ण घर्ती मगर रहेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्