बालुवाटारबाट चन्द्रागिरी पुग्दा प्रधानमन्त्रीले सकाए राज्यकोषको १० लाख
काठमाडौं, चैत्र १० । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारबाट चन्द्रागिरिसम्म प्रयोग गरेको हेलिकप्टर खर्च १० लाख रुपैयाँ भएको छ । ३५ मिनेटमा पुग्न सकिने बाटोमा देउवाले प्रयोग गरेको नेपाली सेनाको हेलिकप्टर भाडा राज्य कोषबाट व्यहोरिने छ ।
वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौंको चन्द्रागिरिमा आयोजित ‘दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटन गर्न बुधबार प्रधानमन्त्री देउवा चन्द्रागिरि पुग्नुभएको थियो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छ, कार्यालय सिंहदरबारमा, जहाँबाट चन्द्रागिरि नगरपालिकास्थित चन्द्रागिरि हिल्सबीचको दूरी १० देखि १२ किलोमिटर मात्रै छ ।
यती नजिकको दुरीमा जान पनि प्रधानमन्त्री देउवाले सेनाको एनए ०५८ कलसाइनको एलएलएच (लाइट लिफ्ट हेलिकप्टर) हेलिकोप्टर प्रयोग गर्नुभएको थियो। सैनिक विमान सशुल्क कार्यविधि २०७७ अनुसार १ साउन २०७७ देखि लागू भएको शुल्कअनुसार हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँ हुन आउँछ ।

सैनिक विमान सशुल्क कार्यविधि २०७७ मा एलएलएच (लाइट लिफ्ट हेलिकोप्टर) हेलिकोप्टरको भाडा दर प्रतिघण्टा २ लाख ५३ हजार ५४५ रुपैयाँ तोकिएको छ । यो भाडामा हवाई इन्धन शुल्क २६ हजार, नागरिक उड्डयन प्राधिकरण शुल्क १ हजार १००, अक्युपेशनल भत्ता ३ हजार २००, उडान भत्ता २९ हजार ५०० गरी ३ लाख १३ हजार ३४५ रुपैयाँ हुन आउँछ। प्रधानमन्त्री देउवा कार्यक्रममा जाँदा हेलिकप्टर झन्डै तीन घण्टा प्रयोग भएको थियो।
सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई हेलिकप्टरको भाडा शुल्क ९ लाख ४० हजार ३५ रुपैयाँको बिल पठाइए सैनिक हवाई महानिर्देशनालय स्रोतले बतायो । सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता थियो। तीमध्ये सय जना भौतिक रूपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रधानमन्त्रीले सकाए राज्यकोषको १० लाख
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्