बालयौन दुब्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
चितवन । आफ्नै विद्यार्थीलाइ यौन दुब्यवहार गरेको आरोपमा चितवन प्रहरीले एक जना शिक्षकलाइ पक्राउ गरेको छ ।
पश्चिम् चितवनको माडी नगरपालिका वडा नंम्बर १ बरुवास्थित सोमेश्वर उच्च माविको कक्षा ९ मा अध्ययनरत १५ वर्षकी नाबालिकालाई यौन दुब्यवहार गरेको आरोपमा सोही स्कुलका ३७ बर्षिया शिक्षक सुरज लामिछानेलाइ प्रहरीले पक्राउ गरेको हो । लामिछाने माडी नगरपालिका ५ का स्थानीय हुन् ।
उनलाई पीडित बालिकाको आफन्तले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनमा हिजो चैत ६ गते (आइतबार) लिखित जाहेरी दिएपछि प्रहरीले उनलाई हिजो नै पक्राउ गरी आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो । पक्राउ परेका शिक्षक लामिछानेविरुद्ध बाल यौनदुराचार कसुर अन्तर्गत मुद्दामा थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्