होली पर्वलाइ सभ्य मनाउन चितवन प्रहरीको अपिल
चितवन । होली पर्वको अवसरमा हुन सक्ने अप्रिय घट्नालाई दृष्टिगत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले पर्वलाई सभ्य तरिकाले मनाउन अपिल गरेको छ ।
हिन्दू धर्मावलम्बीहरुको ठुलो महान चाड फागूपूर्णिमा अर्थात होली पर्वलाई भड्किलो नबनाउन सन्देश जारी गर्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले यस्तो अपिल गरेका हुन् ।
पछिल्लो समय होलीपर्वको नाममा विकृति बढेको स्मरण गराउँदै उनले सभ्य तरिकाले आपसी सद्भाव र एकताको सन्देश दिने गरी होली मनाउन सुझाव दिएका छन् ।
होली खेल्दा कसैको ईच्छाबिपरित रंग दल्ने, पानीको लोला वा पानी फ्याँक्ने, गन्तब्यमा हिंडेका यात्रीलाई अनावश्यक दु:ख हैरानी दिने, रंग बाहेक अण्डा, मोबिल, लोला तथा फोहर पानीको प्रयोग नगर्न, सवारीसाधन तिव्र गतीमा नचलाउन, मादकपदार्थ सेवन नगर्न, मोटरसाइकलमा २ जना भन्दा बढी सवारी नहुन, हेलमेटको अनिवार्य रूपमा प्रयोग गर्न अपिल गरेका हुन् ।
अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, कुनै पनि भाषाको अश्चिल गित नबजाउन, डिजे तथा अन्य लाउड स्पीकर चर्को साउण्डमा नबजाउन, होली खेल्दा मनोरञ्जनको नाममा गाँजा, भांङ्ग, र अन्य कुनै पनि प्रकारका लागूऔषध वा नशालु पदार्थ सेवन नगर्न पनि चितवन प्रहरीले अपिल गरेको छ ।
साथै, प्रहरीले जारी गरेको सुचनामा होली पर्वलाई अनुशासित र मर्यादित बनाउन समेत भनिएको छ । होलीको नाममा कुनै प्रकारको अपराध हुने किसिमका कार्यहरु नगन साथै, भएको पाइए तत्कालै नजीकैको प्रहरीलाइ सूचना दिएर सहयोग गर्न समेत जिल्ला प्रहरी कार्यालय चितवनले जिल्लाबासीमा अनुरोध गरेको छ ।
सूचनाको अवज्ञा हुने गरी कोही कसैले कुनै पनि क्रियाकलाप वा गतिविधि गरेको पाइए कानून वमोजिम कारबाही हुने प्रहरीको सुचनामा उल्लेख छ । यस कार्यका लागी सुरक्षा योजना बमोजिम अनुसार प्रहरी कर्मचारी समेत परिचालन हुने बताईएको छ ।
प्रहरीले ट्राफिक सहितको चेकिङ, मोबाईल गस्ती, पैदल गस्ती, सादा पोशाकमा प्रहरी परिचालन गरिने जनाउँदै आमनागरिकलाई सभ्य, शिष्ट र मर्यादित वातावरणमा होली पर्व मनाउन समेत अपिल गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्