एक्सनमा भण्डारा प्रहरी : नक्कली मह बेच्ने गिरोह पक्राउ
चितवन । अवैध मह उत्पादन गरेको आरोपमा चितवन प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।
नक्कली मह बेच्दै हिँडेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट प्रहरी निरीक्षक राजीव गिरीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले आज (शुक्रबार) बिहान साँढे सात बजे राप्ती नगरपालिका ५ भण्डारास्थित त्रिशुली होटलमा छापामारी ७५८ किलो नक्कली महसहित सात जना लाई पक्राउ गरेको हो ।
महको कारोबार गर्ने तराइमुलका रहे पनि उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैनन् । जंगलबाट मौरी काढेर ल्याएको ओर्जीनल मह हो भनी स्थानीयलाई झुक्यानमा पारी बिक्रीवितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
नक्कली मह ल्याएर केही दिन भाडामा बस्ने र पछि पुनः सोही नक्कली महलाई सक्कली हो भन्दै बिक्री वितरण गर्दै आएका रहेछन्, एक प्रहरीले भने सोही सूचनाको आधारमा पछ्याउँदै गएको राप्ती प्रहरीले उनीहरुको समूहलाइ पक्राउ गर्न सफल भएको हो ।
पक्राउ परेकाहरुलाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ । आरोपितहरु माथि आइतबार ठगी मुद्दामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्