संखुवासभाको स्थानीय निर्वाचनमा गठबन्धन हुने
खांदबारी, २५ फागुन – पूर्वी पहाडी जिल्ला संखुवासभामा स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने भएको छ ।
सरकारले बैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै एमालेबाहेकका राजनीतिक दलका नेताको बैठकले संखुवासभामा गठबन्धन गरेर अगाडि बढ्ने सहमती गरेका हुन् ।
नेपाली काँग्रेस संखुवासभाका सभापति दिपक खड्काको नेतृत्वमा आज बसेको बैठकले गठबन्धन बनाएर अगाडि बढ्ने सहमती गरेको हो ।
बैठकमा एमालेका पूर्व संखुवासभाका अध्यक्ष एवम् हाल संघीय समाजवादीका नेता हेमराज घिमिरे, उमेश डाँगी, दिपक थुकलुङ, जीतमान गुरुङ, नेकपा माओवादी केन्द्र संखुवासभाका नेता राजेन्द्र कार्की, चेतना कार्की, काँग्रेस संखुावासभाका सहसचिव किशोर गुरुङलगायतको उपस्थिती रहेको थियो ।
बैठकमा स्थानीय तहको निर्वाचनमा गठबन्धन बनाएर जाने र गठबन्धनका उम्मेदवारलाई जिताउनका लागि सबै पार्टीका नेता तथा कार्यकर्ता लाग्ने निर्णय भएको संखुवासभा काँग्रेसका सभापति खड्काले बताउनुभयो ।
क्याटेगोरी : विशेष, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्