कांग्रेसका युवा नेताद् क्षेत्रीद्धारा विभिन्न ठाउँमा सहयोग रकम हस्तान्तरण
फागुन । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघ स्याङ्जा–काठमाडौ सम्पर्क समितिका सभापति दिपेन्द्र क्षेत्रीले विभिन्न ठाउँमा गएर अप्ठ्यारोमा परेकाका लागि आवश्यक सहयोग गर्दै आएका छन् ।
कोरोनाको महामारी फैलिएका वेलापनी गृह जिल्लाका स्वास्थ्य चौकीहरुमा सहयोग गरेका थिए भने जिल्लाका विभिन्न क्लबमा खेलकुदका सामाग्रीहरु वितरण पनि गरेका छन् ।
नेविसंघ स्याङ्जा काठमाडौ सम्पर्क समितिको तर्फबाट विभिन्न व्यक्तिहरुसँग लिएको सहयोग रकमलाई व्लड क्यान्सर बिरामी स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–०७, साखरका तरूण नेता राजु पोख्रेल टाईसनका बुबा दीर्घनारायण पोख्रेललाई २५ हजार हस्तान्तरण गरेका छन् ।
त्यस्तै, स्याङ्जा जिल्ला चापाकोट नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–१५ अस्थायी रूपमा बसोबास गर्दै आएको ३१ वर्षका धनबहादुर रानाको पाचनग्रन्थिमा समस्या भएको र त्यससँगै २ ओटै मिर्गौलाले काम गर्न नसकेको अस्थामा रहेका विरामीका लागी २५ हजार रुपैयाँ हस्तान्तरण गरेका छन् ।
त्यस्तै पशुपतिस्थित् उमाकुण्ड आश्रम भजनमण्डली लाई १० हजार प्रदान गरेका छन् । हस्तान्तरण कार्यक्रममा सभापति ई. दिपेन्द्र क्षेत्री, उप–सभापतिहरू सन्देश खाँड, सरोज पौडेल, सचिव अमृत वस्ती, सदस्य युवा नेता ज्ञानु न्यौपाने, कालिगण्डकी तरूण नेता शंकर न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
समितिका सभापति ई. दिपेन्द्र क्षेत्रीले यो अभियानमा आर्थिक सहयोग गर्ने सबैमा हार्दिक आभार प्रकट गर्दै सम्पुर्णको उज्जवल भविष्यको कामना गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #सहयोग रकम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्