जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ
चितवन । जवरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाइ चितवन प्रहरीले पक्राउ गरेको छ ।
सम्मानित स्याड्जा जिल्ला अदालतको फैसलाले जवरजस्ती करणी मुद्धामा ४ बर्ष कैद सजाय तोकि फरार रहदै आएका स्याङजा भिरकोट नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीया बिवेक अधिकारीलाई चितवन प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
अदालतको फैसला आए संगै झन्डै तीन बर्षदेखि फरार रहदै आएका उनलाई चितवन प्रहरीको विशेष सक्रियतामा आज (सोमबार) भरतपुरबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेका उनलाई आजै (सोमबार) सम्मानित चितवन जिल्ला अदालतमा उपस्थित गराइएकोमा फैसला कार्यान्वयन अन्तर्गत चितवन जिल्ला अदालतले थप सजाय भुक्तानीका लागी भरतपुर कारागारमा पठाइएको प्रहरीले जनाएको छ ।
चितवनमा (एसपी) अधिकारीले जिल्लाको नेतृत्व सम्हालेपछि फरार प्रतिवादी खोजतलासलाइ तीव्र बनाएका छन् । सोही अभियान अन्तर्गत प्रहरीले विभिन्न कसुरमा फरार रहदै आएका प्रतिवादीहरुलाइ समेत पछिल्लो समय कानुनी कठघरामा उभ्याउँदै आएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्