चितवनको खैरहनीबाट पाँच जना जुवाडे पक्राउ
चितवन । चितवनमा जुवातास खेल्ने पाँच जना पक्राउ परेका छन् ।
पुर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ७ सुर्तेनीमा खैरहनी नगरपालिका वर्डा नम्बर ६ बस्ने ३३ बर्षीया, दामोदार बस्नेत, सोही ठाउँ बस्ने ४९ बर्षीया शुसिल रिजाल, वडा नम्बर ८ निवासी ३४ बर्षीया दिपक महर्जन, ३४ बर्षकै दिपक महर्जन, ४४ बर्षीया प्रेम प्रसाद महतो, ४७ बर्षीया निल बहादुर पुनलाइ प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाइ ईलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरी निरीक्षक सुवास भट्टको टोलीले हिजो (शनिबार) साँझ जुवा खेल्दै गरेको अवस्थामा नगद ७६ हजार ८ सय २० रुपैयाँ सहित तीन बुक तास र मानिस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
पक्राउ परेकाहरु उपर जुवा तास ऐन अन्तर्गत मुद्धामा जिल्ला प्रशासन कार्यालय चितवनबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । यता, चितवन प्रहरीले भने जुवातास खेल्नेहरुविरुद्ध विशेष अप्रेसन नै चलाइ त्यसलाइ निर्मुल पार्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्