चितवनमा ६ केजी गाँजासहित एक जना पक्राउ
चितवन । चितवनको भण्डाराबाट प्रहरीले अवैध लागु औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटिएको प्रहरी निरीक्षक राजीव गिरीको टोलीले आज (शनिबार) बिहान १० बजेको समयमा अन्दाजी ६ किलो गाँजा सहित राप्ती नगरपालिका ११ बेलडाँडा बस्ने २६ बर्षिया गंगालाल चेपाङलाइ पक्राउ गरेको हो ।
राप्ती नगरपालिका वर्डा नम्बर ५ चौकीडाँडामा शंकास्पद अवस्थामा पैदल हिंडिरहेका उनलाई प्रहरीको गस्ती टोलीले खानतलासी गर्दा उनको साथबाट गाँजा फेला परेको थियो ।
पक्राउ परेका चेपाङलाई अहिले ईलाका प्रहरी कार्यालय भण्डाराले आफ्नो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) नवराज अधिकारीले जानकारी दिए ।
उनलाइ आवश्यक कार्वाहीको लागी भोली आइतबार ईलाका प्रहरी कार्यालय खैरहनीमा पठाइने र मुद्दा दर्ता गरी थप अनुसन्धान कार्यलाइ अघि बढाइने प्रहरी प्रमुख अधिकारीले बताए ।
पछिल्लो समय चितवन प्रहरीले गाँजा ओसारपसार तथा सेवन गर्ने विरुद्ध सुक्ष्म तरिकाले निगरानी समेत गरिरहेको (एसपी) अधिकारी बताउँछन् ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्