डाँका मुद्धाका फरार प्रतिवादी आठ बर्षपछि पक्राउ
चितवन । डाँका मुद्धामा कैद सजाय पाइ फरार रहदै आएका एक प्रतिवादीलाइ चितवन प्रहरीले बुधबार पक्राउ गरेको छ ।
सम्मानित चितवन जिल्ला अदालतबाट दुई लाख एकहत्तर हजार बिस रुपैयाँसहित ५ बर्ष ११ महिना २ दिन कैद सजाय पाई आठ बर्षदेखी फरार रहदै आएका खैरहनी नगरपालिका वडा नंम्बर ६ बस्ने ३१ बर्षिया कमल श्रेष्ठलाई चितवन प्रहरीले बुधबार भरतपुरबाट पक्राउ गरेको थियो ।
हिजो (बिहीबार) अदालतमा हाजिर गराइएका श्रेष्ठलाई अदालतको फैसला संगै पुर्पक्षका लागी भरतपुर कारागार चलान गरिएको प्रहरी स्रोतले जनाएको छ ।
पछिल्लो समय चितवनमा प्रहरीले अदालतबाट कैद सजाय पाइ विभिन्न मुद्दामा फरार रहदै आएका प्रतिवादीहरुलाइ पक्राउ गर्न विशेष अप्रेसन नै चलाउँदै आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्