Techie IT
बिहीबार, मंसीर ४,२०८३

सानुमति राईको अध्यक्षतामा अनेम संघ तारकेश्वर वडा नं ४ गठन


तारकेश्वर काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ४ मा नेकपा एमाले निकट अखिल नेपाल महिला संघ गठन भएको छ ।

स्थानिय महिलाहरुको बाक्लो उपस्थीतीबाट ४१ सदस्य अनेम संघ गठन गरिएको महिला नेतृ बिन्दु थापा सापकोटाले बताउनु भयो ।

अनेम संघ काठमाडौ जिल्ला सदस्य तथा एमाले तारकेश्वर नगर कमिटि सदस्य समेत रहनुभएकी सापकोटाका अनुसार अध्यक्षतामा सानुमति राई , उपाध्यक्षमा चित्र कुमारी सीटौंला , सचिवमा हिमा भण्डारी , उपसचिवमा निता पुतुवार , कोषाध्यक्षमा सवनम पुतुवार सहित ४१ सदस्य अनेम संघ वडा कमिटि गठन गरिएको छ ।

कार्यक्रमका अतिथिका रुपमा नगर कमिटि अध्यक्ष बासु गौतम , वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठ , नगरकमिटिका सदस्यहरुको उपस्थीती रहेको थियो ।

 


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्