Techie IT
सोमबार, वैशाख २२,२०८२

मन्त्री अर्याललाई मातृ शोक


भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई मातृशोक परेको छ ।

मन्त्री अर्यालकी माता तारादेवी अर्यालको ८६ वर्षको उमेरमा सोमबार साँझ आफ्नै निवासमा निधन भएको हो । केही समयदेखि निमोनिया र फोक्सोमा समस्या देखिएपछि काठमाडौँमा उपचार गराइ रहनुभएकी अर्याललाई दशैँको समयमा घर ल्याइएको थियो ।

स्व तारादेवीका चार छोरा र चार छोरी रहेका छन् । स्व अर्यालको आज रामनदी धाम राम्दीमा दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #पद्माकुमारी अर्याल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545