पल शाहविरुद्ध कसले दियो किटानी जाहेरी ?
काठमाडौँ । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा परेको छ ।
शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा जबरजस्ती करणीको किटानी जाहेरी परेको हो ।
उनीविरुद्ध गायिका समीक्षा अधिकारीले मुद्दा दायर गरेको बताइएको छ ।
यसअघि जिल्ला प्रहरी कार्यालय, कास्कीमा शाहविरुद्ध जाहेरी दिइएको थियो ।
घटनास्थल तनहुँ भएकाले तनहुँमै दर्ता गर्न भनिएको बताइएको छ ।
शाहमाथि म्युजिक भिडियो गर्ने क्रममा फकाएर जबरजस्ती करणी गरेको अभियोग जाहेरीमा उल्लेख छ ।
कानुनले १८ वर्षभन्दा कम उमेरकी युवतीसँग सहमतिमै भएको शारीरिक सम्बन्धलाई पनि करणी मान्ने गरेको छ ।
केही समयदेखि विवादमा आएको उनीहरुको सम्बन्धबारे पछिल्लो समय त अडियो नै बाहिरिएको थियो ।
जसमा पल शाहले आफैँ उनीहरुबीचको अन्तरंग स्वीकारेको तर आफूले जिम्मा लिनु नपर्ने बताएका छन् । यद्यपि यस अडियोको विषयमा उनीहरुले केही प्रतिक्रिया दिएका छैनन् ।
क्याटेगोरी : समाचार
ट्याग : #पल शाह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्