गृहमन्त्रीलाई एमाले अध्यक्ष ओलीको प्रश्न- ‘प्रहरी किन पिटिए ? इँटा र ढुंगा हान्न आदेश दिएको हो ?’
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री बालकृष्ण खाणलाई फोन गरेर हिजो नयाँबानेश्वर क्षेत्रमा प्रहरीमाथि सत्ताधारी दलकै कार्यकर्ताबाट भएको आक्रमणबारे प्रश्न गर्नुभएको छ ।
संसदमा अमेरिकी सहायता परियोजना एमसीसी पेश गर्न सहमति जनाएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितका कार्यकर्ताले प्रहरीमाथि ढुंगा र इँटा बर्साएर आक्रमण गरेको घटनामा अध्यक्ष ओलीले फोन गरेर गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न गर्नुभएको हो ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित काजी कालु पाँडेको समाधिस्थलमा सोमबार आयोजित कार्यक्रमलाई गर्दै ओलीले उक्त टेलिफोन संवादबारे जानकारी गराउनु भएको हो ।
अध्यक्ष ओली भन्नुहुन्छ- ‘हिजो मैले देखेँ । तीन चार सय मान्छे सडकमा छन् । दुई हजार, २५ सय पुलिस छन् । ढाल बोकेर पुलिस छेकिएर बस्या छ । अगाडिबाट ढुंगा हानेका छन् । १५ जनाले ढुंगा हान्छ, डेढ सय पुलिस लुकेर बस्नुपरेको छ, किनकि लाठी चलाउने आदेश छैन उसलाई । टिएर ग्यास हान्ने आदेश छैन । केही गर्ने पनि आदेश छैनन् । पानी फोहोरा हान्न जान्छ ट्यांकर । तर, ढुंगा हान्न थालेपछि ब्याक गिएर लगाएर पछि सर्दै भाग्छ । त्यो हान्न सक्दैन, किन भने कोही घाइते भयो भने ट्यांकर चलाउनेको जागिर जान सक्छ,’ अध्यक्ष ओलीले भने, ‘पुलिसहरू घाइते भएका छन् । आज बिहान मैले गृहमन्त्रीलाई भनेँ– तपाइँहरूले पुलिसलाई किन सडकमा पठाउनुहुन्छ रु सत्ताधारी गुटले, शासकहरुले नै सडकमा ढुंगा हान्न मान्छे पठाएका छन् ।’
कति खर्चमा बनाएका बाटाहरु सरकारमा हुने क्रान्तिकारीहरुले भत्काइरहेका छन् । बाटो बनाउनुपर्ने ठाउँमा बजेट काट्ने र भत्काउने काम भएको छ’, ओलीले भन्नुभयो, ‘कोही छैन यो देशमा नभत्काऊ भन्ने ? यो कस्तो सरकार हो ?’अनि प्रहरीमाथि ढुंगा हानेका छन् । बाटो नभत्कायो, प्रहरीमाथि ढुंगा नहान भन्ने कोही छैनन् । प्रहरी कुटाइ खाएर भागेका छन् । खुट्टा भाँचिन लागिसक्यो अनि प्रहरी भाग्नु परेन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले गृहमन्त्रीलाई सोधेँ– के आदेश थियो ? काँचो ढुंगा हान्ने मात्रै आदेश थियो ? पकाएको इँटा मात्र हान्ने आदेश थियो ? के-के आदेश थियो ?’
अध्यक्ष ओलीले भन्नुभयो, ‘सडकमा केही पनि नगर्नु भनेर आदेश दिँदै एकथरीले प्रहरी पठाउँछ । अनि सरकारमै भएको अर्को थरीले तिनै प्रहरीमाथि आक्रमण गर्छ,’ उहाँले भन्नुभयो, ‘गृहमन्त्रीलाई सोधेँ, इँटा र ढुंगा हान्ने मात्रै आदेश थियो ? एमसीसी पास गर्न आफैं सही गर्ने, टेबल गर्ने अनि सडकमा खुब क्रान्तिकारी भएर कार्यकर्ता उतार्ने ? प्रहरी किन कुटिए ? कति घाइते भए ?’
क्याटेगोरी : समाचार
ट्याग : #ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्