माधव नेपालले जनतामाथि ठूलो घात गरे : झलनाथ खनाल
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संसद् बैठकमा एमसिसी टेबल गर्ने शीर्ष नेताहरूको निर्णयप्रति कडा आपत्ति जनाउनुभएको छ ।
उहाँले खासगरी आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई दोषि भन्नुभएको छ । उहाँले माधवकुमार नेपालले जनतामाथि ठूलो घात गरेको गुनासो गर्नुभयो ।
संसदमा एमसिसी टेबल गर्ने राष्ट्रघाती कदम भएको उहाँको भनाइ छ।
एमसीसी संसदमा टेबल गर्ने सहमति पछि प्रतिक्रिया दिँदै खनालले भन्नुभयो ‘कहाँ टेबल गर्छन् अरे, उनीहरूको भान्छा घरमा ? संसद् त चल्दैन कहाँबाट टेबल हुन्छ ?, ‘हाम्रो पार्टीको निर्णय त्यस्तो छैन।’
खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालले जनतामाथि घात गरेको आरोपसमेत लगाउनुभयो । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसद टेबल गर्न नहुने भएकाले त्यस्तो खालको सहमतिलाई आफूहरुले स्वीकार गर्न नसक्ने बताउनुभयो ।
आज एमसीसी सम्झौता नेपालको संसदमा टेबल भएको छ । अब यो निर्णायर्थ प्रस्तुत हुनका लागि संसदमा प्रक्रिया चल्नेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #झलनाथ खनाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्