बालिकालाइ बलात्कार गरेको आरोपमा सब-इन्जिनियर पक्राउ
चितवन । चितवनमा नाबालिकालाइ बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका वर्डा नम्बर २९ का सब-इन्जिनियर जीवन पौडेललाई पक्राउ गरेको छ ।
६ वर्षकी नाबालिकालाइ पटक-पटक बलात्कार गरेको भन्दै बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएपछि प्रहरीले भरतपुर महानगरपालिका – २ आँपटारी बस्ने ३६ वर्षीया पौडेललाई पक्राउ गरेको हो ।
उनलाई ६ गते प्रहरीले पक्राउ गरेको थियो । पौडेलले घटनाका बिषयमा कसैलाई केही नभन्न दबाब दिएका थिए । बालिकालाइ भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी पुर्नस्थापना केन्द्रमा राखिएको छ ।
पक्राउ परेका पौडेलमाथि हिरासतमा राखी थप अनुसन्धान गर्नका लागि सम्मानित चितवन जिल्ला अदालतबाट सात दिनको म्याद अनुमति लिइ आवश्यक अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्