Techie IT
बिहीबार, मंसीर ४,२०८३

तारकेश्वर वडा नं ८ मा एकीकृत समाजवादी वडा कमिटी गठन


हरि भेटुवाल

काठमाडौ । नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादीले तारकेश्वर नगरपालिका वडा नं ८ मा वडा कमिटी गठन गरेको छ।

कमिटीको वडा अध्यक्षमा नारायण कुमार श्रेष्ठ उपाध्यक्ष भिम बहादुर घले सचिव निरञ्जन केसि उपसचिव जयराम पौडेल गरि २३ सदस्यीय वडा कमिटी गठन गरिएको छ। युवा सघ नेपाल नेपालको वडा सयोजकमा सुदिप खतिवडा रहेका छन।

नेकपा एकीकृत समाजवादी काठमाडौका जिल्ला कमिटी अध्यक्ष् तथा बागमती प्रदेस सभा सदस्य कुसुमकुमार कार्कीको प्रमुख अतिथि मा भएको थियो । कार्कीले वडा कमिटीलाई सपथ गराएका थिए।वडा कमिटी गठन कार्यक्रमलाई सम्बोधन गर्दै लवकुमार बस्नेतले भने नेकपा एकीकृत समाजवादीमा तारकेश्वरका एमालेका साथीहरू धेरै आउने र तारकेश्वरमा समाजवादीको झण्डा गाडने दावि गरे र पाटिले नगरभित्र भएको विकासको कामको अनुगमन गर्दै गईरहेको बताए ।

नेकपा एकीकृत समाजवादी बागमती प्रदेस कमिटी सदस्य बिष्णु अर्यालले अहिले स्थानीय तहमा एमाले बाट निर्वाचित जनप्रतिनिधिले चुनाव केन्द्रित खल्ती बाट विकासका योजना बाढेको र जनताको चाहना अनुसार विकास नभएको बताए ।
नेकपा एकीकृत समाजवादी काठमाडौ जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीले कार्यक्रमलाई सम्बोधन गर्दै भने पाटिले नागरिकको ईच्छा विपरीत काम नगर्न र अहिले एमसीसी का कारणले गठबन्धन फुटे पनि केही नहुने र एमाले विचार र एजेन्डा विहिन पाटि हो र स्थानीय निर्वाचनमा आफ्नो पाटिले चुनाव जित्ने बताए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्