चितवनमा नगद एक लाख सहित पाँच जना जुवाडे पक्राउ
चितवन । चितवन प्रहरीले नगद १ लाख २ हजार ३ सय ७९ रुपैयाँ सहित पाँच जना जुवाडेलाइ पक्राउ गरेको छ ।
भरतपुर महानगरपालिका १० स्थित साकुरा रेष्टुरेन्टमा जुवातास भइरहेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीको टोलीले जुवातास खेल्दै गरेको अवस्थामा स्याङजा घर भई भरतपुर महानगर १० बस्ने ३६ बर्षिय प्रकाश रानाभाट, रौतहट घर भई भरतपुर महानगर ७ बस्ने ३० बर्षिय सुवास महतो, भरतपुर ४ बस्ने ५६ बर्षिय टुङराज लामिछाने, भरतपुर १० बस्ने ४८ बर्षिय सरोज खनाल र भरतपुर १२ बस्ने ४२ बर्षिय राजकुमार श्रेष्ठलाइ पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुउपर थप अनुसन्धान गर्ने कार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्