गणतन्त्रका सिडीओ कृष्ण प्रसाद शर्मा : कैदीलाइ दिए टीका र खुशी
रामेछाप- गणतन्त्र स्थापना सङ्गै परिवर्तित जिल्लाको प्रमुख प्रशासकीय निकाय जिल्ला प्रशासन कार्यालयका प्रमुख सिडिओ (प्रमुख जिल्ला अधिकारी)ले जिल्ला कारागारका कैदीहरुलाइ दशैको टिकासङ्गै खुशी दिएका छन ।
बडादशै २०७५ को अवसरमा शुक्रवार कारागार शाखामा रहेका कैदीहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले टीका र जमरा लगाइदिएका थिए । बिगतमा आन्तरिक व्यवस्थापनबाट मात्र दशैको टिका लगाउने कैदीबन्दीहरुले यसबर्ष भने पहिलो पटक प्रमुख जिल्ला अधिकारीबाट कारागार हाता भित्र नै टिका तथा जमरा लगाएका हुन।
विभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका कैदीहरुले प्रमूख जिल्ला अधिकारीले कारागारमा नै आएर टीका लगाउदा आफुहरुलाई खुशी मिलेको र अभिभावक भेटेजस्तै लागेको बताएका छन ।
कारागारकै इतिहासमा प्रमुख जिल्ला अधिकारी नै आएर कैदीहरुलाई टीका लगाइदिएको यो पहिलो पटक भएको चौकीदार राम प्याकुरेलले बताए। उनले यस्तो कार्यले कैदी बन्दीहरुमा खुशी छाएको समेत बताए। उनले यसरी टिका लगाउन पाएको खुशी व्यक्त त गरे तर सरकारले विशेष अबसर पारेर लामो समय कैद भुक्तान गरी सकेकाहरुलाई कैद मिनाह गर्ने प्रचलन यस बर्ष नगरेकोमा दुःख व्यक्त गर्दै सो को निरन्तरताको लागि आग्रह समेत गरेका छन्।
कारागारमा रहेका २ सय ८६ कैदी बन्दी मध्ये करिब १ सय जतिले प्रजिअ शर्माको हातबाट बडादशैको टिका लगाएका थिए।
विभिन्न अभियोगमा कानुन बमोजिमको सजाय भुक्तान गर्न घरपरिवार छाडेर आएका कैदीहरुमा पनि सामाजिक परम्परालाई निरन्तरता दिनु पर्छ भन्ने सन्देश दिनका लागि आफुहरुले उनीहरुलाई टीका लगाएर सम्मान प्रदान गरेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए। सस्कार र सस्कृती समाज समुन्नत बनाउने माध्यम भएकाले समा जमा पुनस्थापित हुदा सुध्रने मौका मिलोस भनेर कैदीबन्दीहरुलाइ टीका लगाइदिएको शर्माले बताए । उनले कैद मिनाहाका सम्बन्धमा सरकारको निर्देशन बमोजिम गर्नु पर्ने भएकाले त्यसका लागि आफुले सकेको पहल गर्ने आश्वासन समेत दिएका छन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #कृष्ण प्रसाद शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्