बालाजुमा पैदलयात्रुलाई ठक्कर दिएर भागेका बस चालक धादिङबेशीबाट पक्राउ
बालाजुमा दुई पैदलयात्रुलाई ठक्कर दिएर फरार रहेका बस चालक धादिङ सिद्धलेख गाउँपालिका-४ का २९ वर्षीय चालक प्रदिप थपलियालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका उनुसार थपलियालाई शुक्रबार धादिङबेशीबाट पक्राउ गरेको हो। उनी धादिङ-काठमाडौं रूट चल्ने बागमती प्रदेश ०१-००५ ख ९३१४ नम्बरको बस चलाउँछन्। प्रहरीले उनको बस पनि नियन्त्रणमा लिएको छ।
बिहीबार बालाजुमा सो बसको ठक्करबाट दुई जना पैदलयात्रुको मृत्यु भएको थियो।
मृत्यु हुनेमा रसुवा घर भई तार्केश्वर नगरपालिका-१० मनमैजुका १८ वर्षीय विकास तामाङ र काठमाडौं-१६ की अन्दाजी ५० वर्षीया दुर्गा थापा मगर छन्।
क्याटेगोरी : समाचार
ट्याग : #बस चालक धादिङबेशीबाट पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्