Techie IT
बिहीबार, मंसीर ४,२०८३

बालाजुको गंगा हल अगाडि बसको ठक्करबाट दुई जनाको मृत्यु , चालक फरार


फागुन, काठमाडौं ।  बालाजुको गंगा हल अगाडि बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

आज बिहान ६ बजे बसको ठक्करबाट एक पुरुष र एक महिलाको मृत्यु भएको हो ।

मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अर्की अन्दाजी ५०/५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरूलाई ठक्कर दिएर बससहित चालक फरार भएको र खोजी भइरहेको प्रहरीले  जनाएको छ ।

 

उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #गंगा हल अगाडि बसको ठक्करबाट दुई जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्