गठबन्धनमा एमसीसीबारे जुटेन सहमति, अब के हुन्छ ?
काठमाडौँ, २९ माघ । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच कुनै पनि सहमतिबिना बैठक सकिएको छ ।
शनिबार बालुवाटारमा भएको छलफलमा एमसीसीबारे कुनै पनि निष्कर्ष बिना सकिएको छ ।
एमसीसी अनुमोदन गर्ने कि नगर्नेबारे सत्ता गठबन्धनका दलहरु आफ्नै अडानमा रहेपछि अन्योल बनेको हो ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच एमसीसीका विषयमा लामो छलफल भए पनि सहमति भएन ।
प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने बताए पनि प्रचण्ड र नेपालले निर्णय नदिएको बताइएको छ ।
अमेरिकाले यही फेब्रअुरीको अन्तिमसम्म एमसीसीबारे अनुमोदन गर्न नेपाललाई ‘डेडलाइन’ दिएको छ ।
त्यति मात्रै होइन अमेरिकी विदेशमन्त्रीदेखि राजदूतसम्मले नेपालका नेताहरुलाई एमसीसी पारित गर्न दवाव दिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #गठबन्धन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्