असनमा भाँडा व्यापारीको हत्या ,६ जना पक्राउ
काठमाडौंबाट नवलपरासी पुगेका एक पुरूषको हत्या गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
कपिलवस्तु शुद्धोधन गाँउपालिका-१ उच्डीहवा घर भई काठमाडौं महानगरपालिका-२७ असनमा बस्ने ३५ वर्षीय विजय चौधरीको हत्या आरोपमा ६ जनालाई पक्राउ परेका हुन्।
पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय नवलपरासीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
नवलपरासीका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीका अनुसार चौधरी असनमा भाडा, वर्तन र हार्डवेयरको व्यापार गर्थे।
चौधरीको हत्या आरोपमा रामग्राम नगरपालिकाका बस्ने राजु शाह भन्ने मन्जुर आलम देवान, उनकी श्रीमती हदिसुन नेसा, तलत अलि खान, जितबहादुर श्रेष्ठ, शारदादेवी केवट र उनका श्रीमान् बसन्तकुमार सहानीलाई पक्राउ गरेको छ ।
चौधरीको शव माघ ८ गते रामग्राम नगरपालिका-९ जोकवारस्थित सडक छेउको नालीमा फेला परेको थियो।
क्याटेगोरी : समाचार
ट्याग : #असनमा भाँडा व्यापारीको हत्या
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्