तारकेश्वर मेयरमा कांग्रेसबाट इच्छाराम कार्कीको उम्मेद्बारी घोषणा
काठमाडौं, १९ माघ । स्थानीयतहको निर्वाचन हुने चर्चासंगै आकाक्षीहरुको समेत चर्चा हुन थालेको छ । निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिश गरेसंगै आकाक्षीहरुले आफ्नो दावी प्रस्तुत गर्न थालेका छन् ।
यसैविच काठमाडौंको तार्केश्रर नगरपालिकामा नेपाली कांग्रेसबाट इच्छाराम कार्कीले आगामी निर्वाचनमा मेयरमा उम्मेद्बारी दिने घोषणा गरेका छन् । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि समेत रहेका कार्की लामो समयदेखि राजनीति मार्फत सामजसेवामा सक्रियत रहदै आएका छन् ।
कांग्रेसको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिमा दोस्रो लोकप्रिय मत प्राप्त गरि विजयी भएका कार्की जनताको काम भनेपछि हुरुक्क हुन्छन्। तार्केश्वरको बिकासगरि जनताको जिवनस्तर उठाउन आफुले मेयरमा उम्मेदवारी दिन लागेको कार्की बताउछन्।
विस २०५४ सालको स्थानीय निर्वाचनमा वडाध्यक्षको उम्मेदवार भई राजनीतिमा प्रवेश गरेका कार्की त्यसयता निरन्तर राजनीतिमा सक्रिय रहदै जनसेवा गर्दै आएका छन्।
कांग्रेस बृतमा युवा नेता कृष्णहरि मर्हजनको चर्चा रहेको छ । पूर्व रक्षामन्त्रि तथा सांसद भिमसेनदास प्रधानको बिश्वासको पात्र समेत रहेका मर्हजन कांग्रेस तारकेश्वरको नगर सभापतिका रुपमा कार्यरत छन ।कांग्रेसमा अन्य गुटमा पनि लोकप्रिय रहेका मर्हजन युवा जमातमा पनि उत्तीकै प्रख्यात छन ।
यसै गरि धर्मस्थलीका नारायण प्रसाद तिमिल्सिनाको पनि चर्चा रहेको छ । नार्गाजुन नगरपालिकामा करिव २० बर्ष स्थानिय तहको अनुभव गरेका तिमिल्सिना तारकेश्वरमा भद्र , शालिन , मिलनसार ब्यक्तीत्वका रुपमा परिचित छन भने कांग्रेस भित्रका साझा एवं प्रभावशाली ब्यतित्वका रुपमा परिचित छन ।
क्याटेगोरी : समाचार
ट्याग : #इच्छाराम कार्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्