प्रेस काउन्सिलमा अध्यक्ष बस्नेतको सक्रियता : सामाजिक सञ्जालमाथि कडा निगरानी
काठमाडौं, १९ माघ । प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष २०७५/०७६ र २०७६/०७७ को पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेसँगै नयाँ बहस शुरू भएको छ ।
विगत तीन वर्षदेखि अड्किएको पत्रपत्रिका वर्गीकरणलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतकै पालामा दुई वर्षको नतिजा सार्वजनिक हुनुलाई धेरैले प्रशंसा गरेका छन् । समयमा नतिजा सार्वजनिक नहुँदा साना लगानीका स्वरोजगारमुखी पत्रपत्रिकालाई समस्या पर्दै आएकोमा अब समाधान उन्मुख हुने धेरैले सञ्जालमा टिप्पणी गरेका छन् ।
काउन्सिलले देश भरका ८० वटा पत्रपत्रिकाले आचारसंहिताको गम्भीर उल्लंघन गरेकाले कारबाही गर्दै वर्गीकरणको नतिजा निकालेको थियो । फेसबुक, ट्वीटरलगायत पत्रकार र सञ्चारमाध्यमको सामाजिक सञ्जाल व्यवस्थापनका लागि र ती माध्यमबाट हुने आचारसंहिता उल्लङ्घनलाई काउन्सिलले निगरानि गर्दै आएको छ । सामाजिक सञ्जालमार्फत जथाभावी सामम्री राख्नेलाई प्रकृति हेरेर बन्द गराउन सम्बन्धित निकायलाई पत्रचार गर्नेसम्मको तयारी भएको छ ।
सामाजिक सञ्जाल रचनात्मक कम र छाडा बढी भएकाले सञ्चारमाध्यमको दुरुपयोग रोक्न कडा निगरानी र कारबाहीको तयारी भइरहेको अध्यक्ष बस्नेतले बताउनुभयो । काउन्सिलको ३ दिन सम्म बसेको बोर्ड बैठकले नतिजा प्रकाशनदेखि सामाजिक सञ्जाल दुरुपयोग गर्नेमाथि कारबाहीसम्म विभिन्न रणनीति अपनाउने निर्णय गरेको छ ।
बस्नेतको नेतृत्वमा पछिल्लो ६ महिनायता रोकिएका काम फटाफट अघि बढेका छन् । काउन्सिलको टिमले आचारसंहिताबारे सबै प्रदेशमा सन्देशमूलक कार्यक्रम हालै सकेको थियो । पछिल्लो वर्षको वर्गीकरणमा ४५ वटा पत्रपत्रिकाले हुबहु सारेकाले वर्गीकरण प्रक्रियाबाटै हटाउने निर्णय भएको छ । आर्थिक वर्ष २०७५/०७६ को वर्गीकरण अनुसार पत्रकार आचारसंहिता पालनामा जिम्मेवार नदेखिएका ३६ वटा पत्रपत्रिका हुबहु रहेका छन् । ती पत्रपत्रिकाको वर्ग कायम गरिएको छैन । त्यस्तै आर्थिक वर्ष २०७/०७७ को वर्गीकरण अनुसार पत्रकार आचारसंहिता पालना नगर्ने ४५ पत्रपत्रिका हुबहुमा परेका छन् ।
पत्रकारितामा पछिल्लोसमय आचारसंहिता उल्लंघनका घट्नाहरु बढेको, सञ्चारमाध्यमहरुले गैरजिम्मेवार भई विभिन्न समाचार सम्प्रेषण गर्ने, हुबहु कपी गर्ने, जथाभावी अडियो तथा भिडियो बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेको सम्बन्धमा काउन्सिलमा उजुरी परेको काउन्सिलले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काउन्सिलमा अध्यक्ष बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्