तारकेश्वरको तिन विद्यालयले पाए बेलायतको आइसएस अवार्ड
काठमाडौं । तारकेश्वर नगरपालिका तीन संस्थागत विद्यालयले बेलायतबाट प्राप्त गरिने ३ वर्षे आइसएस अवार्ड प्राप्त गरेको छ । जसमा हिम रश्मी हाई स्कुल, चिल्ड्रेन हेराल्ड एकेडेमी, श्रृजना ज्ञानसागरले प्राप्त गरेको छ ।
हिम रश्मी हाई स्कुल, चिल्ड्रेन हेराल्ड एकेडेमी र श्रृजना ज्ञानसागरले फुल अवार्ड प्राप्त गरेको छ । तारकेश्वरबाट पहिलोपटक चिल्ड्रेन हेराल्ड र श्रृजना ज्ञानसागरले प्राप्त गरेको छ भने हिम रश्मी हाई स्कुल भने दोस्रोपटक पनि अवार्ड पाउन सफल भएको छ । आइएसए अवार्डहरु प्राप्त गर्न धेरै विद्यालयहरुले सहभागीता जनाएपनि थोरै विद्यालयहरुले मात्र पाउने गरेका छन् ।
दोस्रोपटक पनि अवार्ड पाउनु झन गाह्रो विषय थियो तर हिम रश्मी हाई स्कुलले राम्रो मिहेनत गरेका कारण पाउन सफल भएको विद्यालयका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काले बताउनुभयो ।
प्राक्टीकल बेसमा अध्यापन गराइ कक्षा कोठामा पढेको कुरालाई तत्कालै सिप सिक्नुका साथै व्यवहारिक जीवनमा समेत उपयोगी हुने भएकाले प्राक्टीकल बेसको शिक्षालाई अन्तर्राष्ट्रिय मान्यता रहेको छ ।
पछिल्ला समय नेपालका केही विद्यालयहरुमा पनि प्राक्टीकल बेसमा अध्यापन हुँदै आएको छ । नेपालमा जति पनि विद्यालयहरुले अवार्ड पाएका छन् तिनीहरुमध्ये प्राक्टीकल बेसमा अध्यापन गराउने विद्यालयले अवार्ड प्राप्त गर्न सफल भएका छन् ।
अवार्ड पाउन बिदेसी विद्यालयका विद्यार्थीहरुसँग अनलाइनबाट त्यहाँको भाषा, संस्कृति सिक्नुका साथै यहाँको भाषा र संस्कृति बिदेसका विद्यार्थीहरुलाई सिकाउन आवश्यक पर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बेलायतको आइसएस अवार्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्