Techie IT
शुक्रबार, जेठ १०,२०८२

एक लाख १५ हजार नगदसहित १० जुवाडे पक्राउ


महानगरीय वृत्त बौद्धले आइतबार मध्यराति रु एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

सोह्र थान कौडासहित पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५२ वर्षीय कान्छा शेर्पा, ४१ वर्षीय टाँसी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दिप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेको महानगरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । पक्राउ पारिएका उनीहरुको थप अनुसन्धानसहित कानूनी कारवाही हुने गिरीले जानकारी दिनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #जुवाडे पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
26°
Mostly Cloudy
5:09 am6:51 pm +0545