एक लाख १५ हजार नगदसहित १० जुवाडे पक्राउ
महानगरीय वृत्त बौद्धले आइतबार मध्यराति रु एक लाख १५ हजार नगदसहित १० जुवाडेलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–५ स्थित कामी शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
सोह्र थान कौडासहित पक्राउ पर्नेमा गोकर्णेश्वर नगरपालिका–५ बस्ने ५२ वर्षीय कान्छा शेर्पा, ४१ वर्षीय टाँसी शेर्पा, ४० वर्षीय श्रीराम लामा, ४५ वर्षीय श्याम लामा, ४४ वर्षीय नुर्वु शेर्पा, ४८ वर्षीय बालकृष्ण सुवेदी, ३८ वर्षीय विजय तामाङ, ३२ वर्षीय सन्दिप गुरुङ, ३० वर्षीय कर्साङ लामा र २१ वर्षीय पासाङ लामा रहेको महानगरी वृत्त बौद्धका प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिनुभयो । पक्राउ पारिएका उनीहरुको थप अनुसन्धानसहित कानूनी कारवाही हुने गिरीले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #जुवाडे पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्