साल्ट ट्रेडिङ संचालक समिति अध्यक्ष एवम् पूर्व सांसद लक्ष्मीदास मानन्धरको निधन
काठमाडौं- पुर्व सासंद समेत रहेका साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका संचालक समिति अध्यक्ष लक्ष्मीदास मानन्धरको निधन भएको छ । ९३ बर्षको उमेरमा बिहिबार साँझ बि. काठमाडौं स्थित ह्याम्स अस्पतालमा उनको निधन भएको हो । मानन्धर २०५८ मा राष्ट्रियसभाको सांसद बनेका थिए ।
लामो समय देखी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संचालक समिति अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका उनी राष्ट्रिय उद्योगी व्यवसायी महासंघको अध्यक्ष समेत थिए ।
स्वर्गिय मानन्धरले नेपाल चेम्बर अफ कमर्शको कार्य समिति सदस्य र नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्षको जिम्मेवारी पनि वहन गरेका थिए । नुनका अन्य कारोबारी सहित निजी क्षेत्र र सरकारको संयुक्त लगानीमा २०२० साल भाद्र २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको संस्थापक पनि हुन उनी । भारतको साँवरबाट नुन खरिद गरि नेपाल भित्र कारोबार गर्दै गर्दाको अवस्थामा उनी साल्ट ट्रेडिङमा जोडिएका थिए ।
नेपालमै पहिलो पटक मोजा उद्योग संचालन साथै पेट्रोल् पम्प, आयात निर्यात, प्लास्टिक उद्योग, खाद्य गोदाम, राइस मिल आदीमा लगानी गरेका उनी नेपालको प्रतिष्ठित उद्योगपती एवम् व्यवसायीमा गनिन्छन् ।
मानन्धर उद्योगपती, वाम राजनीतिज्ञका साथसाथै भाषासेवी, समाजसेवी र धर्मसेवी समेत थिए । दिवंगत मानन्धरको शुक्रबार शोभा भगवती स्थित ईन्द्रायणीमा अन्त्येष्टी गरिएको छ ।
उनको अन्तिम बिदाईमा घरपरिवारका सदस्य र साल्ट ट्रेडिङ परिवारका अलवा पूर्व मन्त्री, सांसद, राजनीतिज्ञ, उद्योगपती, उपभोक्तावादी, समाजसेवी,भाषासेवी, धर्मसेवी एवम् शुभेच्छुकहरुको उपस्थिती रहेको थिए ।
स्वर्गिय मानन्धरको जन्म काठमाडौको ठहिटीमा बि. स. १९८५ मंसिर ४ गते भएको थियो । उनका श्रीमती, दुई छोरा र एक छोरी रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #लक्ष्मीदास मानन्धर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्