एमाले काठमाण्डौका अध्यक्ष निरौला सहितका पदाधिकारीहरुले गरे पदबहाली
यस्ता छन निर्णयहरु
काठमाण्डौ ,माघ ६।
नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन। काठमाण्डौ महानगरपालिका वडा नं ४ मा रहेको जिल्ला कमिटीको कार्यालयमा नवनिर्वाचित अध्यक्ष दीपक निरौला ,उपाध्यक्ष नवराज पराजुली ,सचिव राजेश शाक्य र उपसचिवहरु तेज प्रसाद ढकाल र बिन्दु महर्जनले पद बहाली गरेका हुन।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ,पोलिटब्युरो सदस्य तथा सहइन्चार्ज कृष्ण राई ,केन्द्रीय सदस्य तथा सहइन्चार्जहरु नारायण सिलवाल,विद्यासुन्दर शाक्य,रुपनारायण श्रेष्ठ,सरिता न्यौपाने र प्रदेस कमिटी सदस्य गणेश प्रसाद दुलाल लगायतको उपस्थितिमा भएको कार्यक्रममा छैटौ जिल्ला अधिवेसनको निर्वाचन समितीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र समेत वितरण गरेको थियो।
त्यस्तै पद बहाली पश्चात बसेको काठमाण्डौ जिल्ला कमिटीका पदाधिकारीहरुको पहिलो बैठक बसेको थियो। जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा बसेको पहिलो बैठकले धन्यवाद ज्ञापन,रास्ट्रीय सभा निर्वाचन,स्थानीय तहको निर्वाचन ,मातहत रहेका कमिटीहरुको कार्यालय व्यवस्थापन र कोभिड -१९ सम्बन्धि विशेष निर्देसन लगायतका विषयमा छलफल गरेर विभिन्न निर्णय गरेको छ।
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका पदाधिकारीहरुकी प्रथम बैठकका निर्णयहरु :
क्याटेगोरी : समाचार
ट्याग : #एमाले काठमाण्डौ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा









तपाईको कमेन्ट लेख्नुहोस्