अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ
धादिङ । धादिङको गजुरीबाट अवैध लागूऔषध गाँजा सहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
गल्छीबाट नुवाकोटतर्फ जाँदै गरेको मोटरसाइकलमा प्रतिबन्धित लागूऔषध लैजाँदै छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीको टोलीले गल्छी गाउँपालिका वडा नंम्बर ७ गल्छी बजारबाट गल्छी गाउँपालिका वडा नंम्बर ५ रैले बस्ने ३२ बर्षिया विनोद तामाङ र सोही ठाउँको छहरा बस्ने २२ बर्षकी सिता रोक्कालाइ पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरु सवार बा. २५. प. ३१७४ नम्बरको होन्डा मोटरसाईकललाइ रोकेर चेकजाँच गर्दा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा ७ किलो १०० ग्राम फेला पारेको थियो ।
लागूऔषध गाँजा सहित पक्राउ परेका उनीहरु विरुद्ध सम्मानित धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी प्रमुख (डिएसपी) भावेश रिमालले बताए । अहिले गजुरी प्रहरीले आफ्नो सक्रियता बढाएसंगै पछिल्लो समय लागूऔषध ओसारपसार गर्ने गिरोह समेत नियन्त्रणमा आउन थालेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्