कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री देउवाले स्वास्थ्य मापदण्डबिना नै ओलीलाई भेटे
काठमाडौं, २४ पुस। कोराना संक्रमित नेकपा माओवादी केन्द्रका अध्यक्षका कारण कन्ट्याक्ट ट्रेसिङमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका कारण एमाले अध्यक्ष केपी शर्मा ओली पनि संक्रमण जोखिममा परेका छन्।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठमा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। शुक्रबार विहान मात्रै दुवै नेता सत्ता गठबन्धनको बैठकमा सहभागी थिए।
उक्त बैठकमा सहभागी रहेका प्रधानमन्त्री देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, महासचिव बेदुराम भुसाल, कांग्रेस नेता रामचन्द्र पौडेल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत पनि कन्ट्याक्ट ट्रेसिङमा छन्।
देउवाले शनिबार विहान मात्रै एमाले अध्यक्ष ओलीलाई बालकोटमा भेटेका थिए। उनले स्वास्थ्य सुरक्षा अपनाएका थिएनन्।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्