४ हजार भन्दा धेरै नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश
नेपालगञ्ज, १८ पुस । बाँकेको नरैनापुरमा विभिन्न पार्टी परित्याग गरी ४ हजार भन्दा धेरै नेता–कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् ।
हिजो शनिबार नरैनापुरमा आयोजित कार्यक्रममा जसपाका केन्द्रीय सदस्य रामकुमार दिक्षितसहितको समूहलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीमा प्रवेश गराए ।
योसँगै संगठनात्मक रुपमा कमजोर नरैनापुर शनिबारदेखि मजबुत भएको एमाले बाँकेका इन्चार्ज तथा केन्द्रीय सदस्य सुर्य ढकालले बताए । उनका अनुसार ४ हजार २४५ जना एमालेमा प्रवेश गरेका छन् ।
सो अवसरमा महासचिव पोखरेलले पार्टीविरुद्धको घेराबन्दी लामो समय टिक्न नसक्ने बताएका छन् । लुम्विनी प्रदेशको विकट क्षेत्रको रुपमा रहेको नरैनापुरमा पछिल्लो समय एकपछि अर्को गरी विकासका पूर्वाधार पुगेको भन्दै उनले यसको नेतृत्व आफ्नो पार्टी नेकपा एमालेले गरेको दाबी गरेका छन् ।
बाँके जिल्लामा मंसिर १ गते पशुपतिदयाल मिश्रको नेतृत्वमा ठूलो संख्यामा मधेसी समुदायमा मानिसको नेकपा एमालेमा प्रवेशसँगै बाँकेमा हालसम्म करिब दश हजारको हाराहारीमा नेकपा एमालेमा प्रवेश भएका छन् । नेकपा एमालेलाइ पहिले मधेस विरोधी पार्टीको रूपमा आरोप लगाए पनि पार्टीका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरेको सरकारले मधेसी समुदाय र मधेसका २२ जिल्लामा गरेको विकासले मधेसी समुदायको नेकपा एमालेमा प्रवेशमा लहरनै भएको छ ।
नेकपा एमालेमा नवप्रवेशी मिश्राका अनुसार बाँके जिल्लामा जुन प्रकारको गलत प्रचार गरिएको थियो क्रमिक रूपमा अन्त्य हुँदै गएको र मधेस एमाले चिन्दै छ भने एमाले सरकारमा गएको समयमा मधेसलाइ विकासको मुल थलो बनाएको कारण नेकपा एमालेमा प्रवेशको लहर बढेको उनको तर्क छ ।
बाँकेमा मधेसी मुुस्लिम समुदायको बाहुल्य रहेको जानकी गाउँपालिमा एमालेको नेतृत्व रहेको छ भने हाल नेकपा एमालेमा प्रवेशको लहर रहेका नेपालगञ्ज उपमहानरपालिकामा मिश्राको नेतृत्व ५ हजार भन्दा बढी नेकपा एमालेमा प्रवेश भएको छ ।
त्यस्तै डुडुवा गाउँपालिकामा मोहन मिश्रको नेतृत्वमा २ हजार ५०० जना र नरैनापुरमा रामकुमार दिक्षितको नेतृत्वमा शनिबार मात्रै करिब ४ हजार नेकपा एमालेमा प्रवेशसँगै १० हजार भन्दा बढी प्रवेश भएको एमाले केन्द्रीय सदस्य मोहमद हारूनको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्