नर्भिक अस्पतालले डाक्यो पहिलो एजीएम, के के छन् अजेण्डा ?
काठमाण्डौ । पब्लिक कम्पनी बनेसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आफ्नो पहिलो वार्षिक साधारणसभा(एजीएम) आह्वान गरेको छ ।
नर्भिकको पुस ७ गते बसेको संचालक समितिको बैठकले पहिलो वार्षिक साधारणसभा आगामी पुस २८ गते बुधबारका दिनका लागि आह्वान गरेको हो ।
सो दिन थापाथलीस्थित बिएलसी होल्डिङको बोर्ड रुममा साधारणसभाका कार्यक्रमहरु संचालन हुने उल्लेख गर्दै नर्भिकले सेयरधनीहरुलाई सहभागिताका लागि आह्वान गरेको छ ।
साधारणसभा सो दिन ११ः३० बजेबाट सुरु हुने सूचनामा उल्लेख छ ।
पहिलो वार्षिक साधारणसभामा संचालक समितिले तयार गरेको आर्थिक वर्ष २०७७ ७८ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने अजेण्डा राखिएको छ ।
यस्तै, सभाका अन्य अजेण्डाहरुमा लेखापरीक्षकको प्रतिवेदनसहित सम्वत् २०७८ आषाढ मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणहरुमा छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०७७÷०७८ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालकको निर्वाचन गर्ने तथा संचालक समितिको भत्ता अनुमोदन गर्ने र संस्थापक तथा संचालक समितिले गरेको आवशयक निर्णयहरु अनुमोदन गर्ने रहेका छन् ।
नर्भिक अस्पताल पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै सर्वसाधारणका लागि समेत साधारण सेयरको निश्कासन गर्ने योजनाका साथ अगाडि बढिरहेको देशकै पहिलो अस्पताल पनि हो । अस्पतालले साधारण सेयरहरुको प्राथमिक निश्कासन(आइपीओ) जारी गर्ने अजेण्डा समेत यसअघि सार्वजनिक गरे पनि पहिलो वार्षिक साधारणसभा भएका कारण र कतिपय नियामकीय व्यवस्था प्रक्रियामै रहेका कारण सो अजेण्डा एजीएममा समेटिएको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : #नर्भिक अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्