राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट तीन किसान सम्मानित
वैदेशिक रोजगारीबाट फर्किएर कृषि पेशामा संलग्न भएका दुईसहित तीन किसान नुवाकोटमा ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट बिहीबार सम्मानित भएका छन् । कृषि क्षेत्रको विकासमा पु¥याएको योगदानस्वरुप नुवाकोटका तीन किसानलाई कृषि ज्ञान केन्द्रले ‘राष्ट्रपति उत्कृष्ट कृषक पुरष्कार’बाट सम्मान गरेको केन्द्र प्रमुख केशव खनालले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाका उत्कृष्ट किसानका रुपमा बेलकोटगढी नगरपालिका–११ का हरिप्रसाद अधिकारी, ककनी गाउँपालिका–७ का बलराम पाठक र म्यागङ गापा–३ का प्रकाश तामाङलाई नगद रु १५ हजारसहित सम्मानपत्र प्रदान गरिएको छ ।
कोरोनाको कारण भारतमा रोजगारी खोसिएपछि अघिल्लो वर्ष भदौमा गाउँ फर्किएका ककनीका बाख्रापालक किसान पाठक र कतारमा रोजगारी गरेर फर्केसँगै रोजगारीका लागि युरोप जान ठिक्क बनाएको पैसाले टनेल बनाएर बेमौसमी तरकारी फलाउन थालेका म्यागङका किसान तामाङसहित ट्राउट माछापालक किसान अधिकारी नुवाकोटका उत्कृष्ट किसान घोषित भएका छन् ।
क्याटेगोरी : वातावरण-कृषि, समाचार
ट्याग : #तीन किसान सम्मानित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्