यी हुन् कांग्रेसका खुलातर्फ निर्वाचित ३५ केन्द्रीय सदस्य
नेपाली कांग्रेसको खुल्ला तर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ । शनिबारदेखि थालिएको ३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यको गणना सकिएको हो । ३५ सिटका लागि भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहार देखिएको छ । अघिल्लो साताको भएको निर्वाचनको मतगणना अन्तिम चरणमा आइपुग्दा ५० प्रतिशत नयाँ अनुहारले केन्द्रीय सदस्यमा प्रतिनिधित्व जनाउने देखिएको हो ।
खुला केन्द्रीय सदस्यमा सबैभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन् । शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै प्यानलमा रहेका उनले त्यसको भरपूर फाइदा लिएका छन्।
उनले दुईतिहाइभन्दा धेरै अर्थात ३८३६ मत ल्याउँदै उनी केन्द्रीय सदस्य भए। एनपी साउदले दोस्रो लोकप्रिय मत २९३७ ल्याउन सफल भए। तेस्रो नम्बरमा रहेका गृहमन्त्री बालकृष्ण खाँणले २८७९ मत ल्याएका छन्।
चौथो नम्बरका उदय शमशेर जबराले २८४३ मत ल्याउन सफल भए। त्यस्तै अर्को लोकप्रिय मत २८३२ ल्याउँदै पाँचौँ स्थानमा रहे। सर्वाधिक मतसहित शशांक पहिलो हुँदा ३५ औँ नम्बरमा १७०७ मतसहित कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन्। 

क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसका खुलातर्फ निर्वाचित ३५ केन्द्रीय सदस्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्