यि ६७ मुलुकबाट आएकाले क्वारेन्टिन बस्न नपर्ने
काठमाडौं, ३ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागले शुक्रबार एउटा सूचना जारी गर्यो ।
उक्त सूचनामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएका विभिन्न ६७ वटा देशबाट नेपाल आएकाहरूले अनिवार्यरुपमा सात दिनसम्म होटेल क्वारेन्टिन बस्नुपर्ने जनाएको थियो । सूचनामा ती ६७ वटा मुलुकहरू कुन–कुन हुन् भनेर किटान समेत गरिएको छ ।
यसअघि मंसिर १३ गते बसेको मन्त्रिपरिषद् बैठकले ओमिक्रोन संक्रमण भएका देशबाट नेपाल आउँदा कडाइ गर्ने निर्णय गरेको र सोही निर्णयका आधारमा अध्यागमनले ती देशको सूची बनाएको सूचनामा उल्लेख गरेको थियो ।
तर, आज शनिबार एकाएक शुक्रबारको सूचना उल्ट्याउँदै सोही विभागले शुक्रबार जारी सूचनाबमोजिमको निर्णय स्थगित गरेको जनाएको छ । सूचनामा कोरोनाको पछिल्लो ओमिक्रोन भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले विभिन्न ६७ देशबाट आउने यात्रुका लागि सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने नियम अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको उल्लेख छ ।
अध्यागमन विभागले १७ डिसेम्बर २०२१ मा प्रकाशित गरेको यात्रा प्रतिबन्ध (७ दिन अनिवार्य होटेल क्वारेन्टाइन) सम्बन्धी जानकारी अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराउँदै भनेको छ, ‘यसअघि सेप्टेम्बर २४ र डिसेम्बर २ मा प्रकाशित ट्राभल एडभाइजरीसँग सम्बन्धित अन्य सूचनाहरू यथावत रहनेछन् ।’
मन्त्रिपरिषद्को निर्णयका आधारमा शुक्रबार यात्रा प्रतिबन्धसम्बन्धी सूचना जारी गरेको विभागले आज शनिबार त्यसको ठिक विपरीत हुने सूचना जारी गर्नु मन्त्रिपरिषद् निर्णयको उल्लंघन भएको बुझ्न सकिन्छ । तीव्र रुपमा कोरोनाको नयाँ भेरियन्ट फैलिरहेको बेलामा सतर्कता आवश्यक पर्ने भए पनि सरकारको यो निकायले माव जीवनको संवेदनशीलतामा ध्यान नपुर्याएको शनिबारको सूचनाले पुष्टि गरेको छ ।
प्रभावित अफ्रिकी देशका नागरिकलाई यसअघि नै सरकारले अनअराइभल भिसामा रोक लगाइसकेको छ । नेपालमा पनि अफ्रिकी मुलुकबाट आएका दुईजनामा ओमिक्रोन पुष्टि भएको थियो । उद्यपि, उनीहरू निको भइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्