एमालेको सल्लाहकार बन्न भीम रावलद्धारा अस्वीकार
नेकपा एमालेका वरिष्ठ नेता डा. भीमबहादुर रावलले पार्टीको सल्लाहकार पद अस्वीकार गरेका छन् । महासचिव शंकर पोखरेलले रावललाई अमृत बोहराको अध्यक्षतामा रहेको केन्द्रीय सल्लाहकार परिषद्को सदस्य अर्थात पार्टीको सल्लाहकारको जिम्मेवारी दिइएको बताएका बेला रावलले त्यसको खण्डन गरेका छन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीप्रति संकेत गर्दै टिके प्रणालीबाट आफू सल्लाहकार नबन्ने स्पष्ट पारेका छन् । ‘मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ,’ रावलले भनेका छन्, ‘यस्तो टिके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।’
अध्यक्ष ओलीसँग १०औं महाधिवेशनमा प्रतिस्पर्धा गरेका रावलले केन्द्रीय सदस्य पद पनि अस्वीकार गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #भीम रावल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्