Techie IT
बिहीबार, मंसीर ४,२०८३

वागमतीमा प्रदेश मन्त्रिमण्डल विस्तार ,बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री


काठमाडौँ, २८ मंसिर । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

उनले मंगलबार एक राज्यमन्त्रीसहित ६ जना मन्त्री थप गरेका हुन् ।

नेकपा माओवादी केन्द्रबाट तीन जना मन्त्री र नेकपा एकीकृत समाजवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री थप भएका छन् ।

थपिएका मन्त्रीहरुमा माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री बनेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

त्यस्तै, कार्यालयका अनुसार एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री बनेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #वागमतीमा प्रदेश


तपाईको कमेन्ट लेख्नुहोस्