डिएसपी रिमालको एक्सन : अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
धादिङ । गजुरी प्रहरीले दस किलो दुइ सय ग्राम अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट खटिएको प्रहरीको विशेष टोलीले हिजो (सोमबार) राती साँढे नौ बजेको समयमा धादिङ गजुरी गाँउपालिका वडा नंम्बर १ गजुरीबजारबाट गजुरी गाउँपालिका वडा नंम्बर ४ सउरबोटे बस्ने ५१ बर्षिया मोतिलाल तामाङलाइ लागूऔषध गाँजा सहित पक्राउ गरेको हो ।
काठमाण्डौंबाट चितवन तर्फ जाँदै गरेको भाडाको यात्रु बाहक विङ्गर मिनी बस रोकी चेकजाँच गर्ने क्रममा प्रहरीले तामाङको साथबाट लागूऔषध गाँजा बरामद गरेको थियो । उनलेे पछाडी भिर्ने झोलाभित्र लुकाईछिपाई लागूऔषध गाँजा लैजाँदै थिए ।
ईलाका प्रहरी कार्यालय गजुरीको नियन्त्रणमा रहेका तामाङविरुद्ध लागुऔषध कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको ईलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी प्रमुख (डिएसपी) भावेश रिमालले जानकारी दिए ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्