नदीजन्य पदार्थको चोरी कार्यमा संलग्न दश वटा सवारीसाधन नियन्त्रणमा
चितवन । अवैध रूपमा नदीजन्य पदार्थको चोरी कार्यमा संलग्न दश वटा सवारी साधनलाइ चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगरबाट खटिएको प्रहरीको बिशेष टोलीले नदीजन्य पदार्थको चोरी निकासी कार्यमा संलग्न रहेका विभिन्न सवारीसाधनलाइ विभिन्न स्थानहरूबाट नियन्त्रणमा लिइएको जनाएको हो ।

प्रहरीले भोजाड एरियाबाट तीन वटा ट्रयाक्टरसहित कालिका नगरपालिकाको जुटपानी क्षेत्रबाट दुइ वटा जेसिभी, चार वटा टिपर र एउटा ट्याक्टर नियन्त्रणमा लिइएको जनाएको हो ।

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने कार्यमा संलग्न रहेका सवारीसाधनमाथि आक्रमक रूपमा प्रस्तुत हुँदैआएको चितवन प्रहरीले विभिन्न समयमा अप्रेसन चलाउँदै आएको छ ।

सोही अप्रेसन अन्तर्गत प्रहरीले दश वटा सवारी साधनलाइ नियन्त्रणमा लिइ कार्वाही गर्न सफल भएको हो । नियन्त्रणमा लिइएको उक्त सवारी साधनलाइ आवश्यक कार्वाहीको लागी सम्बन्धि निकायमा पठाइएको चितवन प्रहरीका प्रमुख (एसपी) ओम प्रसाद अधिकारीले बताए ।
साथै, प्रहरीले नदीजन्य पदार्थहरुको उत्खनन भएको पाइए प्रहरी आक्रमक रूपमा प्रस्तुत हुने बताउँदै सो, कार्य कहिँ कतै भए गरेको पाइए तत्कालै आफ्नो नजीकैको प्रहरी कार्यालयमा खबर गर्न समेत अपिल गरेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्