कांग्रेस नेतृत्वको मतगणना अपडेट :देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा
काठमाडौं, २८ मंसिर । कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
पछिल्लो प्राप्त मत परिणाम अनुसार सभापतिमा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । ३ हजार १८१ मत गन्दासम्म देउवाले १ हजार ५०६ मत प्राप्त गरेका छन् भने शेखर कोइरालाले १ हजार १७८ मत ल्याएका छन् ।
यसैगरी विमलेन्द्र निधिले १७३ मत, प्रकाशमान सिंहले २५४ मत र कल्याण गुरुङले १५ प्राप्त गरेका छन् ।
सभापतिमा शेरबहादुर देउवा, डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले उम्मेदवारी दिएका थिए । देउवा र कोइरालाबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ ।
सोमबार राति साढे ११ बजेसम्म भएको मतदानमा कुल ४ हजार ७४३ प्रतिनिधिमध्ये ४ हजार ६७९ मत खसेको छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्