प्रतिबन्धित क्युनेट नेटवर्किङ विजनेशको सदस्य बनाई ठगी गर्ने तीन जना पक्राउ
चितवन । चितवनमा प्रतिबन्धित क्युनेट नेटवर्किङ विजनेशको सदस्य बनाई रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
अवैधरूपमा नेटवर्किङ्ग बिजनेस सम्बन्धी सेमिनार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको टोलीले भरतपुर २६ बस्ने ३६ बर्षिया सरोज घिमिरेसहित भारत राजस्थान प्रदेश ३ शास्त्री नगर जयपुर बस्ने २८ बर्षीया जितेश बर्मा र हरियाणा प्रदेश, गुडगाउँ जिल्ला सेक्टर २३, त्रिनिटी टावर १८३ कोलारस बस्ने ३४ बर्षिया अंकित शर्मालाइ पक्राउ गरेको हो । उनीहरुलाइ मंसिर १७ गते राती ८ बजे प्रहरीले पक्राउ गरेको थियो ।
भरतपुर १० मा रहेको सिजी ल्यान्डमार्क होटलको छैठौँ तल्लामा १०/१२ जनाको संख्यामा मानिसहरुलाइ भेला पारी झुट्टा आस्वासन तथा भ्रममा पारी आफुले भनेको ब्यक्तिको खातामा पैसा जम्मा गर्न लगाउनु भन्दै अवैध रूपमा नेटवर्किङ्ग बिजनेस सम्बन्धी सेमिनार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीले मोटिभेसनल लेचर दिईरहेको अवस्थामा उनीहरुलाइ पक्राउ गरेको थियो ।
पक्राउ परेका सरोज घिमिरेको बैंक खातामा पीडित भनिएका बिकाश घिमिरेले विभिन्न प्रलोभन देखाई आफ्नो तथा आफन्त (छोरा/श्रीमती) समेतको खातामा साँढे २७ लाख रुपैयाँ दाखिला गर्न लगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरुको साथबाट प्रहरीले नेटवर्किङ बिजनेशको सदस्यता बनाउन प्रयोग गर्ने गरेको एक थान ल्यापटपका साथै, मोवाईल समेत बरामद गरेको छ । पक्राउ परेकाहरूलाइ अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ ।
नेपालमा प्रतिवन्धित पिरामिड शैलीको क्युनेट नामक नेटवर्किङ बिजनेसको सदस्य बनाई आफुलाइ ठगी गरेको भन्दै पीडित बिकाश घिमिरेले अभियुक्त सरोज घिमिरेलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी ठगी गरेको रकम असल उपर गरी पाउँ भनी जाहेरी दरखास्त दिएपछि उनीहरुउपर नेटवर्किङ ठगी सम्बन्धी कसुरमा मुद्दामा सम्मानित चितवन अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान गर्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाइएको छ ।
मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ दफा २४९ उपदफा १, २ बमोजिम कसुर वा मुलुकी अपराध संहिता, २०७४ परिच्छेद २१ दफा २४९ उपदफा ३(ग) बमोजिम ७ वर्ष सम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना सजाय हुने ब्यवस्था रहेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्