प्रमुख शाक्यद्वारा कलेज भवन शिलान्यास
काठमाडौँ महानगरपालिकाको सहयोगमा अनामनगरमा निर्माण हुने मदन भण्डारी मेमोरियल कलेजको नयाँ भवनको आज नगरप्रमुख विद्यासुन्दर शाक्यले शिलान्यास गर्नुभयो । दुई दशक अघि जननेता मदनकुमार भण्डारीको नाममा स्थापित र मदन भण्डारी फाउण्डेशनद्वारा सञ्चालित सो सामुदायिक कलेजमा करीब रु नौ करोडको लागतमा नयाँ चारतल्ले भवन बन्न लागेको हो । हाल महानगरले रु पाँच करोड सहयोग गरेको छ ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष उषाकिरण भण्डारी, सचिव पेम्बा लामा, बागमती प्रदेशका सदस्य दीपक निरौलालगायत सहभागी हुनुहुन्थ्यो । कलेजका प्रमुख डम्बरबहादुर हमालका अनुसार कलेजमा विज्ञान, पत्रकारिता, सूचना प्रविधि, अङ्ग्रेजीलगायत विषयमा कक्षा ११ देखि स्नातकोत्तरसम्म गरी हाल एक हजार ५०० विद्यार्थी छन् ।
क्याटेगोरी : समाचार
ट्याग : ##भवन शिलान्यास
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्