कांग्रेसको महाधिवेशन : गगन, प्रदीप र विश्वप्रकाशबीच कांग्रेस महामन्त्रीमा भिडन्त
काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशनमा युवा नेताहरू गगन थापा, प्रदीप पौडेल र विश्वप्रकाश शर्माबीच भिडन्त हुने भएको छ ।
सभापति शेरबहादुर देउवाले प्रदीप पौडेललाई महामन्त्रीमा उम्मेदवार बनाउने घोषणा गरेसँगै गगन र प्रदीपबीच भिडन्त पक्का हुने भएको हो ।
१३ औं महाधिवेशनमा गगन सिटौलाकै समूहबाट महामन्त्रीमा उठेर पराजित भएका थिए । यसपटक गुट फेर्दै उनी पौडेल पक्षबाट महामन्त्रीको उम्मदेवार बन्दैछन् ।
उनले शुक्रबार मात्रै महामन्त्रीमा उठ्न पार्टी रुपान्तरणको अवधारणा नै सार्वजनिक गरिसकेका छन् ।
यस अघि प्रवक्ता विश्वप्रकाश शर्माले पनि पार्टीको अवधारणा सार्वजनिक गर्दै महामन्त्रीमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
तर, देउवा पक्षबाट महामन्त्रीमा पौडेललाई अघि सारेपछि शर्मा टिमबाट महामन्त्रीको उम्मेदवार बन्ने सम्भावना कम देखिएको छ । तर, शर्माले पनि महामन्त्रीमा आफू लडेरै छोड्ने अडान लिइरहेका छन् । यस्तोमा त्रिपक्षीय भिडन्त हुने देखिएको हो ।
यी तीन जना दुई गुटका नेता हुन् । तर, पौडेल पक्षबाट गगन बाहेक अर्का एक महामन्त्रीका उम्मेदवार थपिनेछन् । देउवा पक्षबाट पनि एक जना महामन्त्रीका उम्मेदवार थप हुनेछन् ।
कांग्रेसको संसोधित विधान अनुसार यो महाधिवेशनदेखि महामन्त्रीका दुईवटै पदमा निर्वाचन हुनेछ । यस्तोमा शर्माले पनि महामन्त्रीमा उम्मेदवारी कायम राखे महामन्त्रीका दुई पदमा गगन, प्रदीप र शर्माबीच भिडन्त पक्का हुने भएको हो । ठूलो समूहबाट टिममा पर्न नसके महामन्त्रीमा गगन र प्रदीपबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यसमा देउवा र पौडेल पक्षबाट थप एकएक उम्मेदवार मिसिंदा चुनावी मैदानमा महामन्त्रीका मात्रै पाँच उम्मेदवार हुनेछन् । अर्का नेता विमलेन्द्र निधिले पनि सभापतिसहित महामन्त्रीमा पनि आफू निकटका नेतालाई अघि सार्ने देखिएको छ ।
महाधिवेशन प्रतिनिधिले दुवै युवा नेतालाई जिताउने गरी मत दिए देउवा र पौडेल पक्षका महामन्त्रीका उम्मेदवार पराजित हुन सक्नेछन् ।
गुटगत अदलबदल भएपछि १४ औं महाधिवेशनमा नेविसंघको राजनीतिबाट उदाएका युवा नेताबीच भिडन्त हुने भएको हो ।
यी तीन नेतामध्ये विश्वप्रकाश र प्रदीप नेविसंघका पूर्व अध्यक्ष हुन् । गगन महामन्त्रीमात्रै बनेका थिए ।
अन्तिमसम्म चुनावी मैदानमा कायम रहे यी नेताबीचको भिडन्त रोचक हुने देखिएको छ । अरु उम्मेदवार पनि मैदानमा हुँदा तीन युवा नेताबीच कसले बाजी मार्ला भन्ने विषय कांग्रेसीबीच मात्रै होइन बाहिर पनि उत्तिकै चासोपूर्वक हेरिनेछ ।
१३ औं महाधिवेशनपछिको लामो समयसमम गगन र प्रदीप सिटौलासँगै थिए । तर, १४ औं महाधिवेशन सुरु हुने केही समय अघि मात्रै गगन गुट बदल्न पुगे । पौडेल सिटौलासँगै गरे ।
सिटौलाले आफूलाई साथ दिने युवा नेतालाई अघि बढाउन आफूले सबै प्रयत्न गर्ने महाधिवेशन उद्घाटको क्रममा बताएका थिए ।
१३ औं महाधिवेशनम युवा नेताले कति पाएका थिए ?
१३ औं महाधिवेशनमा गगन थापा सिटौला समूहबाट महामन्त्रीको उम्मदेवार बनेर पराजित भएका थिए । थापाले ५८४ मत ल्याएका थिए । हारेपछि उनी देउवाबाट केन्द्रीय सदस्यमा मनोनित भएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #काँग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्