रामचन्द्र पौडेलको नाममा सहमति हुँदा सभापतिको उम्मेदवारबाट बिमलेन्द्र ब्याक हुने
काठमाडौं, २४ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका नेता बिमलेन्द्र निधिले रामचन्द्र पौडेलको नाममा सहमति जुट्ने हो भने आफ्नो उम्मेदवारी कामय नरहने बताएका छन् ।
तर, वर्तमान पार्टी सभापति शेरबहादुर देउवाले नै वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गर्नुपर्ने उनको भनाइ छ । पौडेलको नाममा सर्वसहमति नहुने अवस्थामा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने उनले बताएका छन् ।
चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार बिहान ललितपुरमा आयोजना गरेको कार्यक्रममा निधिले १३औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी गर्नु राम्रो नहुने समेत बताएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #रामचन्द्र पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्