चौध लाख मात्रा मोडर्ना खोप ल्याइँदै
कोराना भाइरसविरुद्धको मोडर्ना खोपको १४ लाख मात्रा आज ल्याइने भएको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकाबाट १४ लाख ९७ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको जानकारी दिनुभयो । उक्त खोप कतार एयरवेजबाट दिउँसो पौने तीन बजे काठमाडौँ आइपुग्ने छ । बुधबार कोभ्याक्स सुविधाअन्तर्गत ६ लाख मात्रा कोभिसिल्ड खोप भारतबाट ल्याइएको थियो ।
मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लगाइनेछ । यही मङ्सिर २६ गते थप १९ लाख ६५ हजार मोडर्ना खोपको मात्रा ल्याउन लागिएको चौरसियाले बताउनुभयो । केही दिन अघि मात्र एक लाख ८४ हजार ४०० मोडर्ना खोपको मात्रा ल्याइएको थियो । नेपालमा अहिलेसम्म खरिद गरेर, अनुदान र कोभ्याक्समार्फत दुई करोड ७९ लाख खोपको मात्रा ल्याइएको छ । सरकारले बालबालिकाका लागि ४० लाख मात्रा मोडर्ना र ६० लाख मात्रा फाइजर खोप खरिद गरी पुस १५ गतेसम्म ल्याउने तयारी गरेको विभागले जनाएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #कोराना भाइरसविरुद्धको मोडर्ना खोप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्