इजाजत नलिइ वैकिङ कारोबार गर्ने ई-कमर्स इन्टरनेशनलका निर्देशक पक्राउ
चितवन । चितवन प्रहरीले इजाजतपत्र नलिइ बैकिङ कारोबार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका वडा नम्बर १० रिजालचोकमा रहेको मेक्स मि ई-कमर्स इन्टरनेशनलले नेपाल राष्ट्र बैंकबाट (ईजाजत) पत्र समेत नलिइ दैनिक रुपमा निक्षेप संकलन गरी ऋण समेत प्रवाह गरी ठगी गरेको आरोपमा दैलेख आठबिस नगरपालिका वडा नम्बर ७ घर भई हाल भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने २७ बर्षिया पुष्पराज तिमिल्सेनालाइ पक्राउ गरी सार्वजनिक गरेको हो ।
कम्पनीको कार्यकारी निर्देशक समेत रहेका तिमिल्सेनाले सर्वसाधारणलाई झुक्कानमा पारी अन्य संस्थाले भन्दा राम्रो व्याज दिनुको साथै, आर्थिक प्रलोभन समेत देखाई खाता खोल्न लगाई पासबुक समेत बनाइएको अनुसन्धानका क्रममा खुलेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका उनी विरुद्ध ठगी सम्बन्धी अपराधको जाहेरी समेत परेको छ । मंसिर ६ गते पक्राउ परेका तिमिल्सेना ठगी कसुरमा थप अनुसन्धान गर्नका लागी सम्मानित जिल्ला अदालतबाट म्याद अनुमती लिई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २१ को दफा २४९ बमोजिम सात बर्ष कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुने ब्यवस्था छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, ब्रेकिंग न्युज, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्