Techie IT
बुधबार, मंसीर ३,२०८३

राप्रपाको एकता महाधिवेशनबाट चिराग कुँवर निर्वाचित


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको एकता महाधिवेशनबाट चिराग कुँवर निर्वाचित भएका छन ।

तारकेश्वर निवासी कुँवर राप्रपाका बिभिन्न तहमा बसी कुशलताका साथ काम गरेरै कारण उहाँ राप्रपा , नेता तथा कार्यकर्ता माझ लोकप्रिय हुनुहुन्छ ।

राज संस्था र हिन्दु राज्य प्र्नस्थापनाका लागि उहाँ बिभिन्न आन्दोलनमा कृयाशिल रहनुभएको थियो ।

राष्ट्रबादी आन्दोलनका क्रममा पटकपटक घाइते भएका कुँवर राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका अध्यक्ष समेत हुनुहुन्छ ।

 

हालै काठमाडौमा सम्पन्न महाधिवेशन बाट अध्यक्षमा राजेन्द्र लिङ्देल विजयी भएका छन् ।

उनले कमल थापालाई हराउँदै पार्टी अध्यक्षमा जित हासिल गरेका हुन् । विजयी लिङ्देनले १८४४ मत प्राप्त गरेका छन् भने थापाले ११६१७ मत प्राप्त गरेका छन् ।

महामन्त्रीमा धवल शम्शेर राणा र भुवनकुमार पाठक विजयी भएका छन् ।

राप्रपाको निर्वाचन समितिका अधिकृत राजु बस्नेतका अनुसार धवल शम्शेर राणा २ हजार २२१ मत ल्याएर महामन्त्री पदमा विजयी भएका हुन् ।
महाधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, महामन्त्रीसहित एक सय ४१ जना निर्वाचित भएका छन ।


क्याटेगोरी : समाचार
ट्याग : #चिराग कुँवर


तपाईको कमेन्ट लेख्नुहोस्