ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरे पछि भीम आचार्यले गराए सचिव पदमा उम्मेदवारी दर्ता
चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा भीम आचार्यले सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको पदाधिकारी सूचीमा नपरेका नेता आचार्यले सचिवमा उम्मेदवारी दिएका हुन् ।
कोरोना संक्रमण भएपछि उपचारका क्रममा रहेका आचार्यले मनोनयनस्थलमै पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आइतबार राति बन्दसत्रमा प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ ।
यसअघि ओलीले घोषणा गरेको सूचीमा नपरेका नेता भीम रावलले अध्यक्षका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #भीम आचार्य
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्